सिरहा । सिरहामा स्रोत नखुलेको ३१ लाख ८९ हजार रकमसहित लगडिगोठबाट एक युवक पक्राउ परेका छन् । स्राते नखुलेको रकमसहित पक्राउ पर्नेमा सिरहा नगरपालिका-२२ हक्पारा बस्ने बर्ष ३९ को शिवनाथ यादव रहेका छन ।
भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लगडिगोठ र सिराहा मतहत खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका-२१ लकढीगोठ स्थित चेकीङ्ग टोलीले चेकजाँच गर्ने क्रममा कपडाको झोलामा स्रोत नखुलेको रकमसहित यादवलाई पक्राउ गरेको हो।
रकमसहित पक्राउ परेका उनलाई आवशयक कारवाहीको लागि २६ गते निज मानिस र नगद रुपैया सहित आवश्यक कार्वाहीको लागि सम्पती सुद्धीकरण बिभाग हरिहर भवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी सालिग्राम सर्मा जनाएको छ।
प्रतिक्रिया