ताजा अपडेट »

तेस्रो लाफा व्याडमिन्टन प्रतियोगिता माघ २३ मा

शनिबार, २५ पुस २०७७

बुटवल । लाफा समुह बुटवलले आगामी माघ २३ गतेदखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरिने प्रतियोगितामा लुम्बिनी प्रदेशसहित बाहिरी जिल्लाहरु काठमाण्डौं, कास्की लगायतका जिल्लाबाट सहभागीता रहने अयोजकले जनाएको छ ।

प्रतियोगिता बारे जानकारी गराउन शनिबार समुहको कार्यालय बुटवल-८ सुख्खानगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समुहका संरक्षक बासुदेव थापाले १५० बढी खेलामी सहभागी हुने बताए । खुल्लातर्फ ९० बढी तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागीता रहने अपेक्षा गरिएको उनले बताए । प्रतियोगितामा खुल्लातर्फका विजेताले ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ४१ हजार ५५५ नगद पुरस्कार पाउने छ । यसैगरी तेस्रो हुनेले ३१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छ भने अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाले बताएको छ ।

प्रतियोगितामा भेट्रान्सतर्फ प्रथम पुरस्कार २५ हजार ५५५, दोस्रो पुरस्कार १५ हजार ५५५ र तृतीय पुरस्कार १० हजार ५५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुल्ला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने छ भने भेट्रन्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको संस्थाका अध्यक्ष तारा सिंह रेग्मीले जानकारी गराए । प्रतियोगिता सम्पन्न गर्नका लागि १६ लाख ४० हजार खर्च अनुमान गरिएको उनले बताए ।