तिलोत्तमा । रुपन्देहीको तिलोत्तामामा शनिवारदेखि प्रथम तिलोत्तमा नगरस्तरीय मावि स्तरका विद्यालयहरु बीच छात्र/छात्रा भलिबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको तिलोत्तमा नगरकी उपमेयर जागेश्वरी चोधरीले बेलुन उडाएर उद्घाटन गरिन् । सो अवसरमा बोल्दै चौधरीले स्वास्थ्यका लागि मात्र नभई खेललाई आर्थिक रुपमा समेत जोड्नु पर्ने बताइन । तिलोत्तमाले खेलको बिकास तथा खेलाडीहरुको उत्पादन गरि आर्थिक समृद्धिसँग जोड्नका लागि बजेटको व्यवस्था गरेको बताइन ।
नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुल तिलोत्तमा-८ को संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले छात्र/ छात्रा दुबैले समान ३० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप पिजेताले २० हजार नगर पुरस्कार सहित प्रमाणपत्र तथा तृतीय हुने विद्यालयले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
शनिबारको उद्घाटन खेलमा छात्रतर्फ पशुपति मावि र लिटिल प्यारडाइस बीच प्रतिस्पर्धा भएको छ भने छात्रातर्फ
लिटिल प्याराडाइस र शिवपुर मावि बीच प्रतिस्पर्धा भएको छ ।
प्रतिक्रिया