एजेन्सी । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकता पूरा गरेको छ । अमेरिकी संसदले बिहिबार डेमोक्रेटिक नेता जो बाइडेनको जितलाई औपचारिकता रुपमा प्रमाणिकरण गरेको हो ।
ट्रम्पले चुनाव हारेको पुष्टि गर्दै संसदले बाइडेनसँग राष्ट्रपति बन्न चाहिने २७० भन्दा बढी इलेक्टोरल कलेज भोट भएको जानकारी दिएको छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ ।
सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो । यसअघि राज्यका सदनले मत प्रमाणिकरण गरेका थिए । त्यसपछि इलेक्टोरल कलेजले त्यसलाई प्रमाणिकरण गरि सदनमा पठाएको हो ।
प्रतिक्रिया