वासिङ्टन डिसी । अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेका छन् । प्रहरीले हिंसक नियन्त्रण गर्ने क्रममा गोली लागेर एक महिलाको र अन्य तीन जनाको मृत्यु भैसकेको छ ।
ट्रम्पका हिंसक समर्थकहरूले वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा पसेर हंगामा गरेका थिए । घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल भवनभित्र प्रवेश गरेका थिए।
तस्बिर राेयटर्स
प्रतिक्रिया