सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको आर्दश बचत तथा ऋहण सहकारी सस्थाले सेयर सदस्यहरुका लागी गरिदिइएको कोरोना बिमाको दावि रकम एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । कोरोना महामारीको बेला सेयर सदस्यहरुको स्वास्थ्यलाई मध्येनजर गरि ६१३ जनालाई सहकारीले निशुल्क कोरोना विमा गरिदिएको थियोे । कोरोना लागेर मुक्त भएका १३ जना सेयर सदस्य मध्ये आज ३ जनालाई सहकारीले प्रति रु.१ लाखका दरले कोरोना बिमा दाबी रकम प्रदान गरेको हो ।
सहकारीले सेयर सदस्य कपिलदेवि अर्याल,मोहन प्रसाद भट्टराई र लिलामणीलाई कोरोना बिमा दावि रकम प्रदान गरेको हो भने बाकि १० जनाको यो महिनाको अन्तिमसम्म दिइने बताइएकोे छ । सहकारीको हलमा भएको कार्यक्रम सहकारीका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता तथा सैनामैना वडा न.८का वडा अध्यक्ष रामशरण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सोही अवसरमा बोल्दै सैनामैना नगरपालिका वडा न.८का वडा अध्यक्ष रामशरण न्यौपानेले नेपाल सरकारले लागु गरेको कोरोना विमा रकम समयमै पाएको भन्दै खुशी ब्यक्त गरेका छन्। कोरोना जितेकालाई बधाई दिदै संक्रमितहरुले आत्मबल बढाउन अनुरोध गरे। सरकार जनताप्रति उत्तरदायित्व बन्दै गएको तर्क गर्दै वडा अध्यक्ष न्यौपानेले स्वास्थ्य सुरक्षा अपनाउन सवैलाई आग्रह गर्नुभयो । प्रत्येक नागरिकले कोरोना विमा गर्नुपर्नेमा जोड दिए।
यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष नारायण प्रसाद न्यौपानेले सहकारीका सेयर सदस्यहरुको स्वास्थ्य सुरक्षाको प्रत्यभुति दिलाएको बताउनुभएको छ । आर्थिक प्रवाह मात्र होइन सहकारीले सामाजिक उत्तरदायित्व समेत बहन उल्लेख गरे । स्थापनाकाल देखि नै सेयर सदस्यहरुको श्रीबृद्धिका लागी महत्वपुर्ण सेवा प्रवाह गरेको भन्दै कोरोना संक्रमणबाट बच्न राहत स्वरुप ६१३ जना सेयर सदस्यको निशुल्क कोरोना विमा गरिदिएको बताए । अध्यक्ष न्यौपाने भन्नुहुन्छ वित्तिय क्षेत्रमा यो महत्वपुर्ण कार्यको आरम्भ गरि कोरोना विमाका लागी आवश्यक प्रक्रिया पुरा गरि सस्थामै सेयर सदस्यलाई बोलाएर रकम हस्तान्तरण गर्नु पहिलो सहकारी आर्दश सहकारी भएको दावि गरे । सहकारीले कृषकलाई विना ब्याजमा रु.५ लाख सम्म ऋहण प्रवाह गरेकोे पाइको छ ।
दावि रकम बुझदै सहकारीले सेयर सदस्य कपिलदेवि अर्यालले सहकारीको उदारणीय काम गरेको प्रति धन्यवाद ज्ञापन गरेका छन् । सहकारी जिउधनको सुरक्षा भएको भन्दै आगामी दिनमा समेत सामाजिक काम गर्दै जान अपिल गरे। कार्यक्रमको सञ्चालन सहकारीका सदस्य खेमराज वनले गरेका थिए ।
प्रतिक्रिया