काठमाडौँ । भारतको आन्ध्र प्रदेशको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा एक इन्स्पेक्टर प्रहरीले डीएसपीलाई सल्युट गरेको देख्न सकिन्छ। उक्त तस्बिर भाइरस हुनुको एक मात्र कारण हो, प्रहरी इन्सपेक्टर बाबुले डीएसपी छोरीलाई सल्युट गरेकाे ।
बाबु आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दर हुन् भने उनकी छोरी डीएसपी जेसी प्रसान्ती हुन् । प्रसान्ती अहिले गुन्टुर जिल्लामा डीएसपीको रुपका कार्यरत छिन् । राज्य पुलिस विभागले आयोजना गरेको एक कार्यक्रममा भेट हुँदा बाबुले छोरीलाई सल्युट गरेका हुन् । उक्त तस्बिर आन्ध्र प्रदेश पुलिसले ट्विटरमा ह्यान्डलमा समेत पोस्ट्याएको छ । त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’
प्रतिक्रिया