ताजा अपडेट »

चीनले गर्‍यो युद्धको तयारी

सोमबार, २० पुस २०७७

काठमाडौँ । शक्ति राष्ट्र चीनले युद्धको तयारी गरेको छ । यसका लागि चिनियाँ राष्ट्रपति शी जिनपिङले राष्ट्रिय रक्षा कानूनमा परिवर्तन आदेशमा हस्ताक्षर गरेका छन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार अब राष्ट्रपति शीको ठाडो आदेशमा केन्द्रीय सैन्य आयोग (सीएमसी)ले राष्ट्रिय हितको रक्षा गर्न सेना परिचालन गर्न सक्नेछ । राष्ट्रपति शी सीएमसीका प्रमुख हुन्। सिन्ह्वाका अनुसार चीन युद्धको तयारी र क्षमता वृद्धिमा केन्द्रित छ।

नयाँ कानूनसँगै सार्वभौमसत्ता, एकता, क्षेत्रीय अखण्डता, सुरक्षा वा विकासको हितका लागि राष्ट्रिय र स्थानीय स्तरमा सेना परिचालन गर्न सकिनेछ । विज्ञहरूका अनुसार यस कानूनले चीनको आर्थिक हित र विदेशमा सम्पत्ति सुरक्षित हुनेछ।