काठमाडौँ । नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना ९७.२ प्रतिशत० कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सो अवधिमा तीन हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकामा ९भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०० १९७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने ६३७ जना निको भएका छन् । गत बुधबारदेखि आजसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ ।
प्रतिक्रिया