ताजा अपडेट »

प्रदेश १ र एपीएफ फाइनलमा

शनिबार, १८ पुस २०७७

दाङ । लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजितगर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो । खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा विना विकेट गुमाएर पूरा गर्यो । जस अन्तर्गत टिमका लागिका जलश्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन् पुगेको थियो ।

लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । ३० बलको सामना गरेकीनितुले उक्त रन बनाउने क्रममा १ चौका समेत प्रहार गरेकीथिइन् । बलिङ तर्फप्रदेश १ की संगिता राई र निग्मा तामाङले २–२ विकेट हातपार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिन सफल भएकी थिइन् ।

सुदूर पश्चिमप्रदेशलाई हराउँदै विभागीय टोलीएपीएफदाङको लमहीमाजारी प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशलाई ९ विकेटले पराजितगर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो । अब उपाधिका लागि आईतबार प्रदेश १ ले विभागीय टोली एपीएफको सामना गर्नेछ ।