ताजा अपडेट »

यमनको बिमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

विहीबार, १६ पुस २०७७

एडेन । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ ।एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ ।सरकारी अधिकारीहरुलाई बिमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त बिस्फोट गराइएको मन्त्रालयको भनाई छ ।

यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले बिस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।राष्ट्रपति हादीले बिमानस्थलमा भएको बिस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन् ।यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एक जना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ ।खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।