ताजा अपडेट »

अनशनरत गंगामायाको जीवर रक्षा गर्न आग्रह

मंगलबार, १४ पुस २०७७

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले आफ्नो छोराको न्यायका लागि अनशनमा बसेकी गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।  समितिका संयोजक चरण प्रसाईले जारी गरेको प्रेस विज्ञप्तिमा गङ्गामायाको स्वास्थ्य नाजुक बन्दै गएकाले जीवनरक्षा गर्न सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गरेको उल्लेख छ । 

“गङ्गामायाको न्यायको सङ्घर्ष र स्वास्थ्यको अवस्था राष्ट्रिय सरोकार मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषय पनि हो”, विज्ञप्तिमा भनिएको छ, “नागरिकको न्यायमाथि विश्वास मर्न नदिन तथा यस संवेदनशील विषयमा कुनै बहाना वा आलटाल नगरी उहाँको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन जरुरी छ ।” आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनशनमा बसिरहेकी गङ्गामाया अधिकारीको स्वास्थ अवस्था नाजुक भन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।