ताजा अपडेट »

मायादेवी ८ मा स्वास्थ्य केन्द्र , घरदैलोमा स्वास्थ्य सेवा

शुक्रबार, ०३ पुस २०७७

बुटवल । रुपन्देहीको दक्षिणी भागमा रहेको मायादेवी गाउँपालिकाको वडा नं. ८ मतकोलवा टोलमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले शुक्रवार उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उनले भने–राज्यले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको र सोही अनुसार घरदैलोमा स्वास्थ्य सेवा दिनका निम्ति समेत आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता देवीप्रसाद चौधरी,उपाध्यक्ष तारादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी,उचमी टोलविकास समितिका भगवती चौधरी,महिला स्वास्थ्य स्वयम्सेविका गोमा कार्कीले स्थानीयहरुको स्वास्थ्यस्तर सुधारका निम्ति स्थापना गरिएको उक्त स्वास्थ्य केन्द्रले सक्दो धेरै स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिदैं राज्यले दिएको सेवालाई स्थानीय नागरिकहरुले अधिकतम प्रयोग गर्नुमा जोड दिएका थिए । कार्यक्रम स्वास्थ्य प्रमुख भाष्कर आत्रेयले सञ्चालन गरेका थिए ।