ताजा अपडेट »

दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको तयारी

शुक्रबार, ०३ पुस २०७७
2 Shares

दाङ । कोरोना महामारी कारण लामो समयदेखि स्थगित भएको खेल क्षेत्र फेरी चलायमान हुन थालेको छ । जिल्लामा विगतमा भन्दा पछिल्नो समय कोरोना संक्रमितको संख्यामा कमी आएसंग खेलकुदका कार्यक्रमहरु विस्तारै चलायमान हुन थालेका छन् । खेल क्षेत्रलाई चलाएमान बनाउन र खेल क्षेत्रको विकासका लागी दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुन लागेको छ ।

यही पौष ११ गतेदेखी दाङको देउखुरी अन्तर्राष्ट्रिय स्टेडियम खेल मैदानमा हुने भएको छ । प्रतियोगिताको तयारीलाई तिव्र समेत पारिएको छ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको व्यवस्थापनको जिम्मा दाङ क्रिकेट संघले लिएको संघका अध्यक्ष प्रदिप मज्गैँया बताए । जिल्लास्तर तथा राष्ट्रिय स्तरमा आयोजना हुने खेलले पनि खेलाडिमा उत्साह थपेको भन्दै प्रतियोगिताको तयारीका लागी अहिले जिल्लास्तरको फुटवल प्रतियोगिता पनि भैराखेका छन् ।

सोहि प्रयोगितामा सहभागिताका लागी दाङको महिला क्रिकेट टिम पनि घोषणा भएको छ । अहिले ति महिला खेलाडिहरुलाई आवश्यकता पर्ने खेल सामग्री सहित बन्द प्रशिक्षण भईरहेको क्रिकेट प्रशिक्षक सञ्जु क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी बन्नका लागी खेलाडी पनि तयारीमा जुटेका छन् । पछिल्लो समय खेलका गतिविधि सुरु भएका छन् । दाङ क्रिकेट संघले क्रिकेट क्षेत्रमा खेलाडीलाई सक्रिय बनाउन भुमिका खेलेको खेलाडीहरुले बताएका छन् । यसमा राज्य स्तरबाट पनि महत्वपुर्ण भुमिका हुनुपर्ने खेलाडीहरुको भनाई छ । आर्थिक रुपमा बिपन्न तथा पिछडियका खेलाडीहरुलाई पनि प्रोत्साहन गर्दै लैजाने हो भने दाङको क्रिकेट खेल अन्तराष्ट्रिय स्तरसम्म दाङलाई चिनाउन सकिने महिला खेलाडि कप्तान सर्मिला रोका मगर बताइन् ।

दाङमा कुनै बेला क्रिकेट खेल निकै पछाडि परेको अनुभव सुनाउँदै दाङ क्रिकेट संघका अध्यक्ष मज्गैँया अहिले क्रिकेट क्षेत्रमा धेरै विकास भएको बताउँछन् ।

दुई ओटा राष्ट्रिय स्तरका रंगशाला निर्माण गरी खेलाडीहरुलाई दैनिक रुपमा प्रशिक्षण दिदै आएको बताए । कार्यालय पनि स्थापना गरी कार्यालयको काम पनि सुरु गरेको बताए । तर यति मात्र नभएर सरकारले क्रिकेटको लागि आबश्यक पर्ने विभिन्न किसिमका प्याकेजहरु ल्याउनुपर्ने दाङ क्रिकेट संघको माग छ ।

https://www.globalaawaj.com/archives/69327