बुटवल । प्रथम प्रचण्ड थैव स्मृती कप फुटवल अन्तरगत झरना स्पोर्टिङ क्लब फाइनल प्रवेश गरेको छ । विहिबार भएको सेमिफाइनल खेलमा शिवनगर युवा क्लबलाई पराजीत गर्दै फपाइनल प्रवेश गरेको हो । सौभाग्य युवा क्लबको आयोजनामा बुटवलको सिद्देश्वरमा जारी प्रतियोगिता अन्तरगत शिवनरलाई ट्राइबेकरमा ४-० गोल अन्तरले पराजीत गरेको हो । निर्धारित समयमा दुबैतर्फबाट समान १-१ गोल भएपछि खेल ट्राइबेकरमा प्रवेश गरेको थियो ।
खेलको ४ औं मिनेटमा शिवनगरका जनक कार्कीले गरेको आत्मघाती गोलनै टिमका लागि दुर्भाग्य हुन पुग्यो । आत्मघाति गोलसँगै पछि परेको शिवनगरलाई जर्सी नम्बर ९ का सुनिल श्रेष्ठले एक गोल गर्दै बराबरीको अवस्थामा ल्याएका थिए । यसरी १-१ को बराबरीमा रहेको खेल ट्रइबेकरमा पुगेको हो । खेलमा शिवनगरका गोल किपर किसोर थापा म्यान अफ दि म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तरगत शुक्रबार हुने अन्तिम सेमिफाइनल खेलमा आयोजक सौभाग्य र सिद्धार्थ युवा क्लब बीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।
प्रतिक्रिया