ताजा अपडेट »

प्रथम प्रचण्ड थैव स्मृती कप : आजदेखि सेमीफाइनल खेल

विहीबार, ०२ पुस २०७७

बुटवल । प्रथम प्रचण्ड थैव स्मृती कप फुटवल अन्तरगत मँगलबारको खेलमा झरना स्पोर्टिङ क्लब विजयी भएको छ । बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगिता अन्तगत आजको खेल जित्दै झरना सेमिफाइनलमा प्रवेश गरेको हो । क्वाटर फाइनल खेलमा फर्साटिकर एफसीलाई १–शुन्य गोल अन्तरले पछि पार्दै झरना अघिल्लो चरणमा प्रवेश गरेको हो ।

झरनाका लागि जर्सि नम्बर १० का मोहन थापाले खेलको ३९ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक हुन पुगेको थियो । प्रतियोगितामा थापा म्याद अफ दि म्याच घोषित भएका छन् । फाइनल प्रवेशका लागि झरनाले यस अघि नै सेमिफाइनल पुगिसकेको शिवनगर युवा परिवारको सामना गर्ने छ । जारी प्रतियोगिता अन्तरगत बुधबार हुने अन्तिम क्वाटर फाइनल खेलमा जनज्योती युवा क्लब डिंगरनगर र सिद्धार्थ युवा क्लबका बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । बुधबारको विजेता टिमले यस अघि नै सेमिफाइनल प्रवेश गरेको आयोजक सौभाग्य युवा क्लब ‘ए’ सँग फाइनल प्रवशेका लागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।