ताजा अपडेट »

रुपन्देहीका शान नवीन

बुधबार, ०१ पुस २०७७

पिता रत्न बहादुर राना माता रेणु रानाको सुपुत्रका रुपमा नवीन रानाको जन्म रुपन्देहीको भैरहवामा भएको थियो । वि.सं. २०४९ सालमा साथीभाइको संगतमा लागेर उनले नेपाल जिम्मा व्यायाम गर्न सुरुवात गरे । आफ्नो व्यायाम प्रशिक्षक तथा आदर्शका रुपमा शारीरिक सुगठनका अग्रज खेलाडी शिवध्वज राइलाई मान्ने गरेको उनी बताउँछन् । आफ्नो शारीरिक खोज मध्ये उनलाई Three Quarter Back Pose अर्थात Arnold को  Signature Pose उनलाई मनपर्छ ।

उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धिहरु यसप्रकार रहेका छन् :

- २०५१ सालमा दोस्रो मिस्टर लुम्बिनीमा सहभागी हुँदै ६५ केजी तौल तर्फ रजतपदक।
- २०५३ सालमा आयोजित मिस्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल तर्फ स्वर्णपदक ।
- २०५४ सालमा कृष्णनगरमा olympian gym center द्वारा आयोजित प्रथम मिष्टर पश्चिमाञ्चलमा ७० केजी तौल समूहमा रजतपदक ।
- २०६१ सालमा बहराइनमा भएको 2nd Flex Body Building championship मा ७० केजी तौल तर्फ पाँचौ स्थान ।
- २०६१ सालमा Saudi Arabia मा भएको Saudi Body Building championship मा ७० केजी तौल तर्फ रजतपदक ।
- २०६१ सालमा नै सिद्धार्थनगरमा भएको ड्युरो फ्याक्स प्रथम मिस्टर नेपालमा ७० केजी तौल तर्फ कास्यपदक ।
- २०७३ सालमा पोखरामा भएको दोस्रो बुल्समैन बडीबिल्डिङ च्याम्पियनशिपमा ७५ केजीमा रजतपदक ।
- २०७३ सालमा भएको प्रथम मिष्टर काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता ।
- २०७३ सालमा नै नेपाल व्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा रजत पदक ।

नवीनलाई जीवन सबैभन्दा सुखद क्षण रुपमा प्रथम मिस्टर काठमाडौंको उपाधि जित्दाको पललाई मान्छन् । उनलाई जीवनमा सबैभन्दा दुःखद क्षण संझदै उनले भने, ‘म सन् २०१५ मा दुबईमा रहेर नेपालमा हुन लागेको राष्ट्रिय शारीरिक सुगठनको प्रतियोगिताको तयारी गरिरहेका थिए । यस पटक प्रतियोगिताको उपाधि जित्ने गरी निकै मिहिनेत गरेर तयारीमा लागेका थिए । दुर्भाग्यवश त्यहीवर्ष नेपालमा भूकम्प गयो र प्रतियोगिता स्थगित भयो । अर्को बज्रपात त त्यतिवेला पर्यो जब त्यसपछि लगातार हुन गईरहेको मिष्टर नेपाल र आइफबीबी आयोजनामा हुन लागिरहेको नेशनल च्याम्पियनसिप खेल्न नेपाल आउने तयारी गरिरहेका बेला भिषा रिन्यु गर्न दुताबासमा अनुरोध गर्दा रिन्यु नै भएन, नेपाल आउन पाइएन । वर्षैको मेहनत र खर्च दुबईको बालुवामा पनि खनाए सरह भयो । त्यो क्षण सम्झदा आज पनि मन भक्कानिएर आउँछ ।

नविन सन् २००२ देखि हालसम्म वैदेशिक रोजगारीको दौरानमा दुबईमा कार्यरत छन् । आफु बुर्जमन स्थित विश्वचर्चित Fitness First मा पर्शनल ट्रेनरका रूपमा काम गरिरहेको उनले बताए । नविनका बारेमा चर्चा गर्दै अग्रज शिवध्वज राई भन्छन्, ‘मलाई मनपर्ने नेपाली शारीरिक सुगठन खेलाडीहरु मध्ये नवीन अग्र स्थानमा पर्छ । उ असाध्यै मिहिनेती र संघर्षशील खेलाडी हो । तर मोफसरमा रहेर संघर्ष गर्दै गर्दा थप्रै बाध्यताहरु बीच उ विदेश पलायन हुन बाध्य भयो । यद्यपी उ विदेशमा रहेर पनि प्रायः यस खेलमा भाग लिन नेपालमा आइरहेको हुन्छ । यसैबाट पनि उसको यस खेल प्रतिको अगाढ मोह स्पष्ट हुन्छ ।’