ताजा अपडेट »

सस्तियो सुनचाँदीको भाउ

बुधबार, ११ बैशाख २०७६

वैशाख ११,

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलवार तोलामा ५९ हजार ३ सयमा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २ सयमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सयमा कारोबार भइरहेको छ। यस्तै आज चाँदी रु १० सस्तिएको छ । मंगलबार तोलामा ७ सय ३० मा कारोबार भएको चाँदी आज ७ सय २० मा कारोबार भइरहेको हो ।