काठमाडौँ । सप्तरीमा सार्वजनिक पोखरीको माछा मार्ने विषयमा दुई पक्षबिच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलस्थित सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबिच झडप हुँदा सोही ठाउँकी ३५ वर्षीया गंगिया देबी मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा ५० वर्षीय शिवसरन मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रवित मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । झडपमा परि अन्य चार जना घाइते भएका छन् । ५५ वर्षीय जयनारायण मण्डल, ३५ वर्षीय सोविन्द्र मण्डल, १८ वर्षीय धिरज मण्डल र ३५ वर्षीय सोविन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको लहानस्थित कामना नर्सिङ होममा उपचार भैरहेको छ ।
प्रतिक्रिया