ताजा अपडेट »

बाल गीत (भिडियोसहित)

शनिबार, २७ मंसिर २०७७

गेडागुडी अन्न साग
दिनुस आमा भन्छु
घरकै खाजा तरकारी
मिठो मानी खान्छु

लोभ गरी खल्टीमा
धेरै खाजा भर्दिनँ
चपाई चपाई निल्दछु
हतार कहिल्यै गर्दिनँ

झिङ्गा साङ्ला बसेको
खुल्ला ठाउँमा बेचेको
म त कहिल्यै खाँदिनँ
फोहोर हातले दिएको

https://youtu.be/BLS78l9-3l4