बुटवल । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
आजै एक हजार ३५९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हालसम्म नेपालमा दुई लाख ३४ हजार २३१ जना सङ्क्रमितहरु निको भएका छन् भने ११ हजार ६७३ जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टामा १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने कुल एक हजार ६८९ जनाले ज्यान गुमाएका छन्।
नेपालमा कोरोनामुक्त एक मात्र जिल्ला मनाङ रहेको छ । काठमाडौँ, ललितपुर र कास्की जिल्लाहरुमा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।
प्रतिक्रिया