ताजा अपडेट »

तिलोत्तमामा आइतबारदेखि भलिबल प्रतियोगिता

शुक्रबार, २६ मंसिर २०७७

बुटवल । रुपन्देहीको तिलोत्तमामा आगामी आइतबारदेखि पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर–८ मा प्रथम नगरपालिका वडा स्तरीय भलिबल प्रतियोगिता हुन लागेको हो ।

३ दिनसम्म चल्ले उक्त प्रतियोगितामा नगर भित्रका १० टिमले सहभागीता जनाउने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी गराए । स्थानीय लाङ्घाली युवा परिवारको समेत सहयोग रहने गरी आयोजना गरिएको प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार तथा २० हजार नगर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । एक वडाबाट एक टिमले मात्रै सहभागीता जनाउन पाउने प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि ५ लाख खर्च अनुमान गरिएको छ ।

शुक्रबार नगपालिकामा पत्रकार सम्मेलनको आयोजिना गरी प्रतियोगिता बारे जानकारी गराउँदै यस आर्थिक वर्षमा हुने अन्य खेलकूद गतिविधिहरु समेत जानकारी गराइएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आगामी वैशाखसम्म गरिने विभिन्न ९ वटा प्रतियोगिता बारे नगरका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराए । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरेको नगरले पुस महिनामा व्याटमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल तथा माघ महिनामा उप मेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी गराए ।

यसैगरी माघ महिनामै मेयर कप रनिङ्ग सिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना गर्ने बताउँदै श्रीले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन गर्ने भएको छ । यस्तै यसै आर्थिक वर्षको वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वर्षभरी सञ्चालन गरीने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगि गर्ने उप मेयर जागेश्वरी चौधरीले बताइन् । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको उनले बताइन् ।

बीच तिलोत्तमा नगरपालिकाले यस वर्ष सञ्चालन गरिने खेलकूद गतिविधि बारे जानकारी गराएको छ । मंसिर महिनाको आगामी साता आइतबारदेखि तिलोत्तमा–८ मा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय लाङ्घाली युवा परिवारले सहजीकरण गर्ने गरी वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता हुन लागको नगरपालिकाले जनाएको छ । नगरभित्रका १० टिमको सहभागीता हुने प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार तथा तेस्रो पुरस्कार राशी २० हजार रहेको छ ।