ताजा अपडेट »

प्रथम प्रचण्ड थैव नकआउ : शिवनगर र झरना अघिल्लो चरणमा

बुधबार, २४ मंसिर २०७७

बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा शिवनगर युवा क्लब र भरना स्पोर्टस् क्लब विजयी भएका छन् । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा शिवनगरले राधाकृष्ण युवा क्लबलाई १-० गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

शिवनगरका विकास थापाले खेलको ४८ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक सावित भएको हो । यसैगरी दोस्रो खेलमा झरना स्पोर्टस् ओमप्रकास गुरुङले ३३ औं मिनेटमा गरेको एक मात्र गोलनै निर्णायक हुन पुगेको थियो । विहिबार हुने दुई खेलहरु मध्ये विहान हुने खेलमा चरङ्गे युवाक्लब र सिद्धार्थ युवा क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसैगरी दिउसो हुने दोस्रो खेलमा आयोजक सौभाग्य ‘ए’ र मजुवा युवाक्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।