ताजा अपडेट »

प्रथम प्रचण्ड थैव स्मृति कप : केरवानी र फर्साटिकर विजयी

मंगलबार, २३ मंसिर २०७७

बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा केरवानी एफसी ढिकार र फर्साटिकर एफसी फर्साटिकर विजयी भएका छन् । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा केरवानी एफसी ढिकारले नवएकतालाई २–१ गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । नवएकताका सञ्जय केसीले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएपनि यो अग्रता लामो समय कायम रहन सकेन । पहिलो गोलको ११ मिनेटपछि पुनः विपक्षी टिम केरवानीका दिलिप थापाले २२ औं मिनेटमा गोल गर्दै खेललाई बरारीको अवस्थामा ल्याएका थिए ।

खेलको पहिलो हाफमा दुबैतर्फबाट एक–एक गोलको बराबरीमा खेल भए पनि दोस्रो हाफमा केरवानीका दिलिप थापाले ६९ औं मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै जीत सुनिश्चित गराएका थिए । प्रतियोगितामा दिलिपनै म्यान अफ दि म्याच घोषित भएका छन्। यसैबिच आज नै भएको दोस्रो खेलमा फर्साटिकर एफसी फर्साटिकरले चादनी एफसी दानापुरलाई २–० गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । फर्साटिकरको जितमा खेलको ४७ औँ मिनेटमा सुजन राना र ५० औँ मिनेटमा रबि खड्काले गोल गरेका थिए ।

बुधबार दुई वटा खेलहरु हुने आयोजकले जनाएको छ । पहिलो खेल शिवनगर युवा क्लब राधाकृष्ण युवा क्लब तथा दास्रो खेल दि यूनिटी युवा क्लब र झर्ना युवा क्लबका बिचमा खेल हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

https://www.globalaawaj.com/archives/67761