ताजा अपडेट »

गणतन्त्रको विकल्प राजतन्त्र हैन

मंगलबार, २३ मंसिर २०७७

मंसिर महिनाको दोस्रो हप्तामा देशका विभिन्न भागमा संघियताको विपक्षमा, गणतन्त्रको विपक्षमा, राजतन्त्रको पक्षमा नारा जुलुस र सभाहरु गरिएका समाचारहरु आइरहेका छन् । तिनीहरुको विचारमा गणतन्त्र, जनतन्त्र, लोकतन्त्र वा प्रजातन्त्र भन्दा राम्रो व्यवस्था सक्रिय राजतन्त्र अथार्त राजाको नेतृत्वमा चल्ने शासन व्यवस्था हुन सक्दछ भन्ने रहेको छ, अर्था्त देशमा देखा परेको बेथिति, अराजकता, भद्रगोल, अस्त–व्यस्तता र भ्रष्टाचारको निमर्लिकरणको लागि राजतन्त्र अनिवार्य रहेको उनीहरु ठान्दछन् ।

यो विचार जुन विचार अठारौं शताब्दी सम्म आइपुग्दा सक्रिय राजतन्त्रात्मक राज्य व्यवस्था भनेको सामन्तवादी उत्पादन प्रणाली र त्यसले सृजना गरेको चेतनासँग सम्बन्धित छ । राजतन्त्रात्मक राज्य व्यवस्था भनेको एकात्मक राज्य व्यवस्था हो । त्यसमा नागरिकका सबै अधिकारहरु माथि बन्देज गरिएको हुन्छ । त्यो विकास विरोधी, प्रतिष्पर्धा र स्वतन्त्रता विरोधि व्यवस्था भएको कारण त्यसको समाप्ति भएको थियो । एकात्मक राज्य व्यवस्था र सक्रिय राजतन्त्रको सम्बन्धमा हामीले पढेका मात्र होइन कि सक्रिय राजतन्त्र र पंचायती व्यवस्थाको कालरात्री समेत भोगेर बेहोरेर यहाँसम्म आई पुगेका छौं ।

नेपालमा राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्तको निम्ति झण्डै ७० वर्ष शंघर्ष गर्नु परेको हामीसँग इतिहास छ । आजभन्दा १२ वर्ष अगाडि बचे खुचेको राजतन्त्रात्मक सामन्ती अवशेष पनि समाप्त गरिएको थियो । अहिले नै फेरि विश्वबाट लोप भैसकेको, नेपालबाट एक दशक अगाडि समाप्त गरिएको एकात्मक राज्य प्रणालिको माग सहित कुन कारणले मानिसहरु सल्बलाई रहेका छन् । आन्तरिक र बाह् कारण के रहेका छन् ?

सामन्तवाद र पूँजीवाद बीचको संक्रमणकालमा नेपाली जनताले राजतन्त्रको समाप्ति गरेका थिए । राजतन्त्रको समाप्तिपछि जब हामी गणतान्त्रिक राज्य व्यवस्थामा प्रवेश गर्यौं ,पूर्ण प्रजातन्त्रको प्रयोग गर्दै समाजवादको यात्रामा अगाडि बढ्नु पर्ने दिशा निर्देश हाम्रो संविधानले गरेको थियो । तर, पुरानै सोँच, पुरानै चिन्तन प्रणाली र पुरानै राज्य मेशिनरी, अग्रगामी संविधान, पुरातनवादी व्यवस्था बीचको अन्तर विरोधका साथै संघिय गणतन्त्रका विरोधी र एकात्मक सोंच भयका शक्तिहरुको सत्तामा पछिल्लो चरणमा नेतृत्व हुन पुग्यो, जसको कारण संविधानले परिकल्पना गरे अनुरुप जनताको भावना विपरीत नेतृत्व अगाडि बढ्यो ।

जसको परिणाम आज हामी देखिरहेका छौ कि ! बेथिति , भद्रगोल, अराजकता, अस्तव्यस्त र भष्ट्राचारले देशलाई आक्रान्त पार्यो, जनजीवन तहस–नहस हुन पुग्यो, अर्थतन्त्रले देश थिलो–थिलो बन्यो, जसलेगर्दा जनतामा व्यापक निरासा, असन्तुष्टी र आक्रोश देखा पर्यो, त्यसैको परिणाम पुरातनपन्थी चिन्तन भएका, इतिहासमा समाप्त भएका शक्तिहरूले ती आक्रोश, असन्तुष्टि र अन्तरविरोधलाई केन्द्रित गर्न खोजिएको अवस्था देखिन्छ, त्यसैमा धार्मिक अवस्थालाई समेत जोडेर हिन्दु राष्ट्र र राजतन्त्रलाई एकिकृत गरेर भावनामा समेत खेल्ने कोशिस गरिएको छ ।

सबैलाई हेक्का रहोस् इतिहास पछाडि फर्किन सक्दैन, अठारौं शताब्दीमा करिब–करिब समाप्त भैसकेको एकात्मक राज्यलाई पुनःजीवन दिन सकिन्छ भन्ने कल्पनासम्म गर्नु पनि मुर्खता हुनेछ । पूँजीवादी व्यवस्थाले पनि अब विश्वका अन्तरविरोधहरुको समाधान दिन नसकिरहेकोे सन्दर्भमा अबको बाटो सामाजिक न्याय सहितको समाजवादी दिशामा जानुपर्ने बेलामा राजतन्त्र जन्माउनु प¥यो भन्ने कुरा आत्मघाती कुरा हो ।

सडकमा उठेका हजारौं असन्तुष्टि र आक्रोशसँग सहमत हुन सकिन्छ तर फेरि राजतन्त्र नै फर्काउनु पर्छ र ञजय देश जय नरेश, को नारा लगाउनु पर्छ भन्ने कुरा गर्न सकिन्न र गर्नु हुँदैन किनकि त्यो कुरा विज्ञान विरोधि, अग्रगमन विरोधी, इतिहास विरोधी, र प्रजातन्त्र विरोधी विचार हो । प्रजातन्त्र र राजतन्त्र भनेको अन्तरविरोधी कुरा हो जसरी ‘बाघ र बाख्रोलाई एउटै खोरमा राख्न सकिन्छ’ भनेर साँेच्नु मूर्खता हुन्छ त्यसरी नै गणतन्त्र र राजतन्त्र, नागरिक अधिकार र राजतन्त्र यउटै व्यवस्थामा राख्न सकिन्छ भनेर सोँच्नु महामूर्खता हुनेछ ।

कुनै एक मूर्ख गुरुले टाटा कम्पनी निर्मित गाडी दुर्घटना गराउने दिशामा लग्यो भन्दैमा टाटा कम्पनी नै फेर्नु वा बदल्नु पर्दछ भन्नू बुद्धिमानि कुरा हुन सक्दैन । सहि कुरा यो हो कि,मूर्ख गुरुजी जसलाई गाडी सञ्चालन गर्ने पूर्णज्ञान रहेको छैन त्यसबाट गाडी सञ्चालन गर्ने अनुमति नै रोक्का गर्नु पर्दछ । यतिबेला सडकमा देखापरेको आवाज ‘सौता बैनीको रिसले आफ्नै श्रीमानको काखमा पिसाब फेर्ने’ मूर्ख छोरीको उखान जस्तै हो । त्यसैले गणतन्त्र मासेर राजतन्त्र ल्याउँछौं भन्ने कुरा अत्यन्तै असभ्य, अलोकतान्त्रिक र भद्दा मजाक बन्न पुग्दछ । यो पुरातनपन्थी सोँचबाट माथि उठ्न जरुरी छ । त्यसको ठाउँमा गणतन्त्रमा रहेका कमि कमजोरी हटाउँदै अगाडि बढ्नु नै सहि विकल्प हो ।

देशमा यतिबेला देखि परेका समग्र अन्तरविरोधको समाधानको लागि जन निर्वाचित राष्ट्रपतिय प्रणालिमा प्रवेश गरौं , त्यो नै एक मात्र समाधान को उपाय हुन सक्दछ । अत: सडकमा आक्रोश र असन्तुष्टि पोख्ने साथीहरुलाई अनुरोध यो हो कि जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली जाउ, संसदीय प्रधानमन्त्रीय प्रणालीलाई परिवर्तन गरौं,भनेर अगाडि बढनुहोस्, तपाईंहरुसँग सडकमा हजारौं होइन, लाखौं मानिसहरू सहभागी हुनेछन् । कार्यकारी राष्ट्रपतिको लागि ज्ञानेन्द्र शाह पनि भाग लिन पाउने छन् । प्रचण्ड, शेरबहादुर, केपी ओली, कमल थापा, बाबुराम, उपेन्द्र, विप्लब, रवीन्द्र आदि समेत सबै त्यस्मा सहभागी बन्नेछन् र जनताले आफ्नो राष्ट्रपति आँफै निर्वाचित गर्नेछन् ।

यो बाटो नै एक्काइसौं शताब्दीको सहि बाटो हो । यस दिशातर्फ अगाडि बढौं देश अगाडि बढ्नेछ भने तपाईंहरुले सोंचेको दिशा, विनाशको दिशा, भविष्य अन्धकारको दिशा, र पतनको दिशा, अर्थात् समग्रमा बर्बादीका दिशा हुनेछ, सबैले गम्भीरतापूर्वक सोंच्ने कि !

https://www.globalaawaj.com/archives/62113