काठमाडौँ । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेजको घोषणा गर्ने भएका छन् ।
सरकार र सत्तारुढ पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए । उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज सात सय सात अर्ब अमेरिकी डलरको हुने जानकारी दिए ।
यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरेका छन् । मंगलबार नै मन्त्री परिषद्को बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ ।-रासस/सिन्ह्वा
प्रतिक्रिया