बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तरगत आजको पहिलो खेलमा नवएकता एफसी शिवपुर विजयी भएको छ । केरवानी एफसी ढिकारले नवएकतालाई २-१ गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । नवएकताका सञ्जय केसीले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएपनि यो अग्रता लामो समय कायम रहन सकेन । पहिलो गोलको ११ मिनेटपछि पुनः विपक्षी टिम केरवानीका दिलिप थापाले २२ औं मिनेटमा गोल गर्दै खेललाई बरारीको अवस्थामा ल्याएका थिए ।
खेलको पहिलो हाफमा दुबैतर्फबाट एक-एक गोलको बराबरीमा खेल भए पनि दोस्रो हाफमा केरवानीका दिलिप थापाले ६९ औं मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै जीत सुनिश्चित गराएका थिए । प्रतियोगितामा दिलिपनै म्यान अफ दि म्याच घोषित भएका छन् । आजै हुने दोस्रो खेलमा कञ्चन-११ र फर्साटिकर एफसी फर्साटिकरका बीच प्रतिस्पर्धा हुने छ । बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगिता अन्तरगत खेल दिउसोको खेल ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
सोमबार भएको दुई खेलहरुमा भैरहवा-११ र सराई एफसी पाल्पा विजयी जीत दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । भैरहवा-११ ले सम्पुर्ण एफसी सुपौलीलाई तथा दोस्रो खेलमा सराई एफसीले सयपत्री युवा क्लबलाई समान २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।
प्रतिक्रिया