भैरहवा । रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा १० जना विशेषज्ञ सुविधा सहितको सुविधा सम्पन्न नयाँ बहिरङ्ग विभाग (ओपिडी) सञ्चालनमा आएको छ । आईतबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भवनको उद्घाटन गरेका छन् ।
यस अघि पुरानो भवनमै सञ्चालन हँुदै आएको ओपिडी अब नयाँ भवनमा आएसँगै यसले विरामीहरुको सुविधामा वृद्धि गर्ने अस्पताल प्रशासनको भनाई छ । नयाँ भवनमा बाल रोग विशेषज्ञ, सर्जरी ओपिडी, नाँक, कान, घाटी ओपिडी, मेडिसिन ओपिडी लगायत नयाँ भवनबाट सञ्चालन हुने छ भने अर्थो र प्रसुति सेवा सम्बन्धि ओपिडी पुरानै भवनमा सञ्चालन हुने भिम अस्पताका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले जानकारी दिईन ।
उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले मन्त्रालयले अहिले स्वास्थ्य सेवा सुधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको बताए । उनले अस्पतालमा कुनै प्रकारको कमि हुन नदिन भरपुर बजेट प्रदान गरिएको दावी समेत गरे । नेपालमा अन्य सेवामा प्रयाप्त जनशक्ति रहे पनि स्वास्थ्य सेवामा अहिले पनि जनशक्ति अभाव रहेकोले गुनासो गरे । 'अहिले पनि हामी २०३५ सालकै जनशक्तिले थेगी रहेका छौं, त्यही पनि थोरै जनशक्तिले पनि हामी उच्चस्तरिय सेवा दिन कटिवद्ध छौं ।' बरालले भने,- 'हामीले सरकार सम्हाले देखी नै सरकारी अस्पतालको उपरात्मक सेवालाई कसरी बढी भन्दा बढी गुणस्तरिय बनाउने भन्नेमा केन्द्रित रहेका छौं ।'
वि.सं. १९९० सालमा ३ शैयाबाट स्थापित अस्पताल २०३५ सालमा १५, २०४१ सालमा २५ शैयाको स्वीकृती पाएको छ । १ सय शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनि हाल २५ शैयाको स्वीकृति रहे पनि अस्पतालमा ६० शैयाको बिरामीले सेवा लिई रहेका छन् ।
भिम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको अस्पताका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले जानकारी दिईन ।
प्रतिक्रिया