बुटवल । बुटवलको सिद्धेश्वर मैदानमा भोलिदेखि हुने प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सौभाग्य युवा क्लबको आयोजनामा शनिबारदेखि हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
रुपन्देही, पाल्पा तथा नवलपरासीका २० टिमको सहभागितामा रहने प्रतियोगिताको विजेताले नगद ५५ हजार पुरस्कार राशीसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दीपक गुरुङले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा ५ जना खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक चक्रबहादुर खड्काले बताए ।
प्रतियोगिताको प्रथम पुरस्कार राशी थैव परिवार र दोस्रो पुरस्कार शिवनगर सामुदायिक वनबाट सहयोग भएको प्रचार संयोजक कृष्ण कुमालले बताए । शनिबार उद्घाटन खेलमा सौभाग्य युवाक्लब बि ले भ्याली एफसी पाल्पासँग प्रतिस्प्रर्धा गर्ने छ । स्वर्गिय प्रचण्ड थैवका माता सुकन्या थैवले प्रतियोगिताको उद्घाटन गर्ने उनले बताए । प्रतियोगिता सम्पन्नगर्न करीब ९ लाख खर्च अनुमान रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पाल्पाको भ्याली एफसी, सराई एफसी, नवलपरासीको भैरव एफसी, रुपन्देहीको सयपत्री युवाक्लब, मजुवा एफसी, चरङे एफसी, जनज्योती क्लब डिङरनगर, सिद्धार्थ युवाक्लब भैरहवा, डि युनिटी खैरेनी, झरना स्पोटर्स क्लब, चादनी एफसी, फर्साटिकर युवा क्लब, सम्पुर्ण एफसी सुपौली, ढिकार एफसी देवदह, नव एकता युवा क्लब, राधाकृष्ण युवा क्लब, शिवनगर युवा क्लब, ठुठिपिपल एफसीसहित आयोजक सौभाग्य युवाक्लबका २ टिम समेत गरि २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन् ।
प्रतिक्रिया