काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टले नयाँ फ्ल्याट किनेकी छिन् । बलिउड हंगामाकाअनुसार आलियाले ३२ करोड भारुमा नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा नयाँ फ्ल्याट किनेकी हुन् ।
रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलिया अब उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् । आलियाले आफ्नो नयाँ घरको डिजाइनको काम गौरी खानबाट गराइरहेकी छिन् । गौरीले सन् २०१६ मा रणवीर कपुरको ब्याचलर पेडको इन्टेरियर डिजाइन गरेकी थिइन् ।
आलियाले किनेको यो पहिलो फ्ल्याट भने होइन । उनले यसअघि नै लण्डनको कोवर्ट गार्डेन र मुम्बइको जुहुमा फ्ल्याट किनिसकेकी छन् ।
प्रतिक्रिया