ताजा अपडेट »

बुटवलको शंकास्पद बस्तु बम : सेनाद्धारा डिप्पोज

विहीबार, ०५ बैशाख २०७६

बैशाख ५,
बुटवल ।आफ्ना पक्राउ परेका नेताहरुसहित सयौं कार्यकर्ताहरु रिहाईको माग गर्दै र पार्टिलाई प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलेआह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानदेखिनै परेको छ । पार्टीले बन्द सफल बनाउन देशका विभिन्न्न स्थानमा बम राखेको छ भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

यसै क्रममा सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोक र हस्पिटल लाइनको विचमा पनि दिउँसो शंकास्पद बस्तु फेला परेको थियो । मुख्य सडकको किनारमा राखिएको उक्त बस्तु बम रहेको र उक्त बमलाई नेपाली सेनाको टोलीले डिस्पोजल गरेको छ ।

दिउँसो करिब एक बजे देखिएको बम ३ बजे सेनाको टोलीले डिस्पोज गरेको हो । सुरुमा शंकास्पद बस्तु मानिएको बस्तु बम रहेपनि सेनाले कुनै क्षतिबिना डिस्पोज गर्न सफल भएको हो ।