ताजा अपडेट »

ट्राफिक चोकमा शंकास्पद वस्तु फेला

विहीबार, ०५ बैशाख २०७६
तस्विर: गौतम भुसाल

बैशाख ०५,

ग्लोवल आवाज

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोक र हस्पिटल लाइनको विचमा बम फेला परेको छ । दिउँसो करिब १ बजे स्थानियले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले बम डिस्पोजल टोलीद्धारा डिस्पोज गरिँदै छ। जनमानसमा तनाव सिर्जना भएको छ । अहिले ट्राफिक चोकमा सयौं मानिसहरुको भिड लागेको छ । आज आफ्ना पक्राउ परेका नेताहरुसहित सयौं कार्यकर्ताहरु रिहाईको माग गर्दै र पार्टिलाई प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।