बैशाख ०५,
बुटवल । पाल्पामा सुतली बम पड्किएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिको भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । बम विप्लव समूहको नेकपाका कार्यकर्ताले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । बम भेटिएको खबर सुनेपछि स्थानीय त्रसित बनेका छन् ।
पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको र उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ । यस्तै लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका छन् ।
साथै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् । भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले जानकारी दिए । यसैगरी थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको उनले बताए ।
यता कैलालीको गोदावरी नगरपालिकामा बम फेला परेको छ । बम अत्तरिया बजारमा फेला पारिएको हो । बम फेलापरेपछि सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै गरेको स्थानीयले बताएका छन् । उता गण्डकी प्रदेशसभा भवन प्रवेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ । प्रदेशसभा भवन प्रवेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।
जिरोकिमी नजिकै पनि शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा पनि परेको छ । रुपन्देहीका विभिन्न तीन ठाउँमा बम बिस्फोट भएको हो । बिहीबार बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भएको स्थानीयले जानकारी दिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको गोलान्जर गाउँपालिका– १ शंकास्पद बस्तु फेला परेको छ । बिहिबार बिहान शंकास्पद बस्तु फेला परेपछि प्रहरी त्यसतर्फ गइरहेको बताइएको छ ।
प्रतिक्रिया