बैशाख ४,
भारत । भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको हावाहुरीले विभिन्न राज्यमा ३५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते र अर्बौंको धनमाल क्षति भएको विभिन्न संचारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेका छन् ।
आँधी तुफानसँगै ठूलो वर्षा र असिना परेकाले उद्दारमा समस्या भएको सरकारी अधिकारीले जनाएका छन्। राजस्थान प्रदेशमा ११ जना, मध्यप्रदेशमा १३ जनाको मृत्यु भएको बताइएको छ । मृतकमा गुजरात, महाराष्ट्र, झारखण्ड, हिमाचल, हरियाणा र नयाँदिल्लीका रहेको बताइएको छ । ठूलो वर्षा र असिनासँगै चट्याङ परेर मान्छेको मृत्यु भएको हो ।
हावाहुरीले रूख, बिजुलीका पोल ढालेर जनधनको क्षति भएको बताइएको छ । सबैभन्दा धेरै प्रभाव गुजरात, मध्यप्रदेश र राजस्थान प्रदेशमा परेको बताइएको छ । यी प्रदेशमा अझै ठूलो वर्षा हुने अनुमान त्यहाँको मौसम विभागले गरेको छ र जनतालाई सचेत हुने आग्रह गरेको छ । -एजेन्सी
प्रतिक्रिया