बैशाख ०४,
काठमाण्डौ । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई पुँजीगत लाभकर तिर्न पत्राचार गरेको छ । सरकारले समयसीमा र रकम नै तोकेर कर तिर्नको लागि पत्राचार गरेको हो ।
ठूला करदाता कार्यालयले एनसेलको नाममा जारी गरेको सूचनामा टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभ कर तिर्न ७ दिनको सयमसीमा दिइएको छ । यसअघि सर्वोच्च अदालतले गत माघमा गरेको फैसलाको पूर्णपाठ आएलगत्तै एनसेलले तिनुपर्ने करको अंक तोकेको थियो ।
सर्वोच्चले एनसेलबाट कर असुल्न सरकारलाई तीन महिनाको समयसीमा दिएको थियो । विभागले कर, शुलक र ब्याज गरी ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ असुल गर्ने निर्णय गरेको छ । यो सर्वोच्चले तोकेको भन्दा फरक रकम हो ।
प्रतिक्रिया