ताजा अपडेट »

'प्रथम मिष्टर नेपाल' मध्येका एक ज्योतिजंग राणा

विहीबार, ०४ मंसिर २०७७

ज्योति जंग राणाको जन्म जनकपुर २ जनकचोंकमा वि.स. २०१५ सालमा भएको थियो । राणा परिवारमा जन्मेका उनी युवा अवस्थामा सारै दुब्लो पातलो थिए । ३०/३१ साल तिर जनकपुरमा उनका काका प्रहरी इन्स्पेक्ट्रर बिजेन्द्र सिंह राठौरको जनकपुरमा सरुवा भयो । बिजेन्द्रका छोरा जोगेन्द्र घरमा नै व्यायाम गर्ने गर्थे । दाजु जोगेन्द्रले व्यायाम गर्ने गरेको ज्योतीले खुब अभिरुची पुर्वक हेर्ने गर्थे । बेञ्च प्रेस गर्दा सपोर्टका लागि साथी चाहिने हुदां जोगेन्द्रले ज्योतीलाइ पनि आफूसँग व्यायाम गर्न लगाए । ज्योतीलाई के खोज्छस् काना आखाँ भने झै भयो । दाजुसँग लागेर क्रमशः उनले पनि व्यायाम गर्न शुरु गरे ।

पछी काकाको जनकपुरबाट काठमाण्डौ सुरुवा भयो । दाजु जोगेन्द्रले व्यायाम गर्ने सामानहरु भाइ ज्योतीलाई उपहार स्वरुप छाडेर गए । ज्योतीले ति सामानहरु आफ्नै घरको गोठ अगाडी रहेको खाली ठाउँमा राखेर व्यायामलाई निरन्तरता दिए । पछि उनले केही सामान भारतबाट लिएर थप समेत गरे । त्यस जिममा अरबिन्द्र नारायण सिहं, सनातन खान, दिनेश शर्मा र सुर्य सिलवाल (जो पछि गृह सचिव समेत भएका थिए ) लगायतका जनकपुरका स्थानीय युवाहरु व्यायाम गर्न आउने गर्थे । उनिका भिनाजु काठकाण्डौमा नेशनल ट्रेडिङ्गमा जागिरे थिए । दिदि भिनाजुलाइ भेटन जनकपुरबाट काठमाण्डौ आउँदा भिनाजुले नेशनल ट्रेडिङ्गमा नै जागिरे रहेका शारीरिक सुगठनका पुराना खेलाडी रमेश खनालसँग उनको भेट गराई दिए ।

बडी बिल्डर रमेश खनालले उतिवेला युवालाई शारीरिक सुगठन खेलका शिल्पहरु व्यायाम चार्टहरु बनाएर सिकाउने गर्थे । ज्योतीले पनि रमेश खनालबाट बेला बेलामा व्यायाम चार्टहरु लिएर सोही बमोजिम जनकपुरमा आफू र साथीहरुले व्यायाम गर्ने गरेको बताउँछन् । सोही समयमा उता धरानमा राज भगत प्रधानाङ्ग र बिराटनगरमा पार्थसारथि सेन गुप्ता लगायतका युवाहरुले जिम गर्ने गरेको उनले थाह पाए । क्रमशः उनिहरु बीच चिनजान भयो । अनुकुलताका आधारमा जो राजधानी जान्छ उस्ले नै नयां व्यायाम चार्टहरु ल्याउने र एकआपसमा साटेर जिम गर्ने सहमती भयो । भेटघाट बढ्दै जादा मित्रता समेत प्रगाढ हुन थाल्यो । साथीहरु मिलेर राजबिराज, धरान, जनकपुर र बिराटनगरमा शारीरिक सुगठन खेलको प्रचार प्रसार गर्न थाले ।

वि.स. २०३८ साल राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजन गर्दै थियो, जस्मा शारीरिक सुगठन खेलपनि समावेश थियो । २०३८ भदौ २८ गते आयोजित त्यस प्रतियोगितामा मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, लुम्बिनी, धौलागिरी, भेरी, बाग्मती र गण्डकी गरी ११ अञ्चलका ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा तीन बजन समुहमा प्रतिस्पर्धा गराइएको थियो । ५८ केजी तौल समुह ६५ केजी तौल समूह ६५ केजी तौल भन्दामाथि । ५८ केजी तौल समुह निलकण्ठ नारायण मानान्धर मिष्ट्रर नेपालको उपाधि जित्न सफल भए । तिर्थ महर्जन सो बजन समुहमा दोश्रो भए । यसै गरि ६५ केजी तौल समूहमा शिवलाल श्रेष्ठले मिष्ट्रर नेपालको उपाधि चुमे । ६५ केजी तौल भन्दामाथि ज्योतिजंग राणा मिष्ट्रर नेपाल घोषित भए । उनको बजन समुहमा उदय बहादुर श्रेष्ठ दोश्रो, अशोक दत्त तेश्रो र पुष्प श्रेष्ठ चौथो भएका थिए ।

सो प्रतियोगिता जितेसँगै धेरैले ज्योती राणालाई चिन्न थाले । ३९ / ४० साल तिर पाकिस्तानमा एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने निधो भयो । राष्ट्रिय प्रतियोगितामा बिजेता भएकाले गुरु रमेश खनालले ज्योती राणालाई काठमाण्डौमा राखेर तालिम दिन थाले । ट्रेनिङ्ग शुरु भएको केही महिना मै उनका बुबा बिमारी भए । घरको जेठो छोरो भएको नाताले घरबाट बारम्बार उनलाई फोन आउन थाल्यो । ज्योतीका अर्का भाइ प्रकाश जंग राणासमेत फुटवलका अण्डर-१९ का राष्ट्रिय खेलाडी थिए । जो राजधानीमा नै राष्ट्रिय प्रतियोगिताको छनौट चरण पार गरेर क्लोज क्याममा तालिम गर्दै थिए । बिरामी बुबाको हेरचाह गर्न दुइभाइ मध्ये एक, जनकपुर जानु पर्ने भयो । गुरु रमेश खनाललाई एक बचन समेत नसोधी ज्योती जनकपुर हानिए ।

घर छिर्दा ढोका छेउमा राखिएका बियरका कार्टुनहरु देखेर उनि छक्क परे । घरमा बियर खाने मान्छे कोही थिएन । पछी बुझ्दा थाह भयो, मुत्र सम्बन्धी समस्या देखिएकोले बुबाले नै चिकित्सक सर्जन अन्जनी कुमार शर्माले जाैकाे झाेलले मुत्र थैलो सफा गर्ने सल्लाह दिएकाले दवाइका रुपमा बियर खान थालेका रहेछन् । सन् १९८० को मस्को ओल्मपिकका लागि बेट लिफ्टिङ्ग खेलमा ज्योति जंग राणा र राज भगत प्रधानाङ्ग लगायतका खेलाडीहरुको छनौट भए । उनिहरुलाई क्लोज क्याममा तालिमका लागि जावलाखेलमा राखियो ।

वेट लश गराउनका लागि उनका कोचले उनीहरुलाइ बिहानै रिङ्गरोडमा दैड्न लगाउथे । तर दुवै जना साथीहरु आफ्नो वेट नघटाउने मनशायमा थिए । विभिन्न बहाना गरेर कोचलाई झुक्याउने गरेको हाँस्दै उनले बताए । पछि तालिमका दैरान घाइते भएर उनि मस्को खेल्न जान पाएनन् । ज्योति जंग राणा बारेमा चर्चा गर्दै शारीरिक सुगठनका अग्रज रमेश खनाल भन्छन्, " ज्योति एक अनुशासित खेलाडी हुन् । जनकपुरमा शारीरिक सुगठन खेलको प्रचार प्रसारमा उनको ठुलो देन छ । पारिवारिक जिम्मेवारीका कारणले गर्दा उनको खेलयात्रा उति सारो लामो हुन सकेन ।"