वैशाख ४,
काठमाण्डौ । आज पनि मुलुकका अधिकांश भागमा मौसम बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको हावाको बहाका कारण मौसममा बदली हुनेछ । आज पनि मुलुकका तराई तथा पहाडी र हिमाली क्षेत्रमा हुरीबताससँगै भिषण वर्षा हुने मौसमविद शान्ती कँडेलले जानकारी दिइन् । उनका अनुसार हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपातको समेत सम्भावना छ ।
विगभाले बिहीबार बिहानसम्म हुरीबताससँगै पानी पर्ने सम्भावना रहेको बताएका छन् । बिहीबार अपराह्नदेखि भने मौसममा केही सुधार आउने छ । यद्यपि पूर्ण रुपमा मौसममा सुधार आउन भने अझै केही दिन लाग्ने छ ।
प्रतिक्रिया