वैशाख ०३,
काठमाण्डाै । नेपाली बजारमा आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ । हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे हो ।
ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिनुभयो । डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ ।
भारतीय बजारमा बिक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दावी गरिएको छ ।
प्रतिक्रिया