ताजा अपडेट »

यू-१९ विश्वकप छनाेटः नेपाल र ओमान

मंगलबार, ०३ बैशाख २०७६

बैशाख ०३,
मलेसिया । आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा आज नेपाल र ओमान खेलिरहेको छ ।
मलेसियाको सिंलगार टर्फ क्लवमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पर्दासम्म चौथो विकेट गुमाउंदै ७५ रन बनाएको छ । १२ रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए ।

आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए । त्यसपछि नेपालका स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दिप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुमायो । हाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै  अंक तालिकाको दोस्रो स्थानमा छ।