२ वैशाख,
काठमाडौं । धितोपत्र बोर्डले दोस्रो बजारमा ५ लाख रुपैयाँभन्दा धेरैको शेयर किन्नेलाई साेमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य बनाएको छ । एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर किन्ने ब्यक्तिलाई बोर्डले प्यान नम्बर अनिवार्य गरेको हो ।
पाँच लाखभन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिकरुपमा प्यान नम्बर बुझाउन सक्नेछन् । बोर्डका अनुसार साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको हो ।
प्रतिक्रिया