बैसाख १,
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गरे । सम्बोधनको क्रममा उनले नेपालीलाई ढिलो हिंड्ने सुविधा नभएको आशयको मन्तव्य दिए ।बालुवाटारबाट दौडन आह्वान गरेका प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहबाट ‘खोलौं बैंक खाता’ अभियानको सुरुवात गरेका छन् । यो अभियानमा प्रधानमन्त्रीले उद्घाटन गरेसँगै देशैभर सुरु भएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो ।
यो अभियान सुरु गर्नुपछाडि सरकारको उद्देश्य रहेको छ सबै नागरिकलाई बैंकमार्फत् कारोबार गराउनु । वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको सरकारी निष्कर्षलाई कार्यान्वयन गर्ने पहिलो खुड्किलो बैंक खाता बनाएसँगै यो अभियान सुरु गरिएको छ ।बैंक खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने र नयाँ खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था गरिएको छ ।
कार्यक्रमको सुरुवात समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएको बताए । उनले यसैको लागि सरकारले बैंक खाता खोल्ने अभियान सुरु गरेको भन्दै खाता खोल्दा उपलब्ध हुने एक रुपैयाँमा थप एक सय थप्न पनि आग्रह गरे ।कुनै पनि सरकारी परिचयपत्र वा स्थानीय तहले प्रमाणित गरेको फोटोसहितको सिफारिस वा पहिचानपत्र भएपछि सजिलै खाता खोल्न सकिने बताइएको छ ।
प्रतिक्रिया