बैसाख १,
काठमाण्डौं । संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ गते घोषणा गरेको मानपदवी र विभुषण आज आइतबार प्रदान गर्दैछ । नयाँ वर्षको अवसरमा विभिन्न क्षेत्रका ३४२ जनालई मानपदवी र विभूषणले सम्मान गर्न लागिएको हो । आइतबार राष्ट्रपति कार्यालयमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले यी मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।
सरकारले कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्दैछ। राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीलाई महाउज्नवल राष्ट्रदीप(प्रथम श्रेणी) प्रदान गरिदैछ । यस्तै, राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङ्गलाई यही पदक मरणोपरान्त प्रदान गरिदैछ ।
पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री(प्रथम) र साहित्यकार झमककुमारी घिमिरेलाई किर्तिमय राष्ट्रदीप प्रदान गरिदैछ ।सरकारले यस वर्ष प्रवल जनसेवा श्री पदवी १६० जनालाई, ७४ जना जसेवाश्री९पञ्चम श्रेणी० , ६२ जनालाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गर्दैछ ।
गृह मन्त्रालयले यसअघि नै सूचना जारी गरेर नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मान सम्मान पाउनेहरुको नामावली सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया