ताजा अपडेट »

सुरुवात नयाँ वर्षको ,संकल्प समृद्धिको

आइतबार, ०१ बैशाख २०७६

बैसाख १,
ग्लोबल आवाज

बुटवल । आजदेखि नयाँ वर्ष अर्थात् वर्ष ०७६ सुुरु भएको छ । वि.सं.२०७५ को अन्त्यसँगै वि.सं.२०७६को सुुरुवात भएको छ । नेपालमा मानिदै आएको विक्रम सम्वत २०७५ साललाई बिदाई गर्दै राती नै नयाँ वर्ष २०७६ को स्वाग गरिएको छ ।

नेपालमा विशेष गरी हरेक नेपालीले पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्ने क्रममा उत्सव मनाउने गर्छन । पुरानो वर्षमा गरिएका राम्रारनराम्रा कामको सिहावलोकन गर्छन अर्थात समिक्षा गर्छन ।नेपालीको लागि हरेक वर्ष महत्वपूर्ण हुने गरेको छ । विशेषत यो वर्ष आम नेपालीको लागि सबैभन्दा ऐतिहासिक र महत्वपूर्ण वर्षको रुपमा रह्रयो । किनकी लामो समयदेखिको नेपाली जनताको ईच्छा र चाहाना यो सालमा आएर पूरा भयो । २००७ सालदेखिको नेपाली जनताले माग गर्दै आएको लोकतान्त्रिक शासन ब्यवस्था कार्यान्वयनको दोस्रो वर्ष समाप्त्सिँगै समृद्धिको यात्रामा यसवर्षसँगै तेस्रो वर्षमा प्रवेश गरेको छ ।


संविधानसभाबाट निर्माण गरिएको संविधान पूर्ण रुपमा कार्यान्वयन भएको छ । संविधानअनुसारको तीनै तहको निर्वाचन सम्पन्न भई संघियता कार्यान्वयनको गति लिने वर्षका रुपमा पनि यस वर्षलाई लिइएको छ । स्थानीय, प्रदेश र केन्द्रको तीनै तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आई काम गर्न थालेको दुुई वर्ष भयो । नयाँ जनप्रतिनिधिले संविधानको मर्मअनुसार संविधान कार्यान्वयन गर्ने चरणसँगै गतिपनि लिएका छन् ।

पहिलो पटक संघीयतालाई लागू गरिएसँगै कार्यान्वयनमा देखिएको चुुनौती यस वर्षले चिर्ने देखिन्छ । स्थानीय र प्रदेश तहमा कानून निर्माण भएसँग्ै जनप्रतिनिधिले जनताको पक्षमा काम गर्ने अभियान जारी छ । गत वर्ष भन्दा यस वर्ष कानून र योजना कार्यान्वयनका लागि सहज पर्ष पनि हो।
नयाँ वर्षसँगै सबै नेपालीमा हर्षोल्लासका साथ शुुभकामना आदान–प्रदान भइरहेको छ । शुभकामना शिष्टाचार र कर्मकाण्ड मात्र होइन , यो साच्चिकै गत वर्षको सिहांवलोकन हो । नयाँ वर्षलाई रचनात्मक बनाउन प्रण गर्ने, संकल्प गर्ने र त्यो दिशामा उन्मुख हुने र हुनका लागि अपिल गर्ने महान पर्व पनि हो ।