ताजा अपडेट »

अमेरिकी चुनाव : ९ राज्यको मतपरिणाम आउन बाँकी, ट्रम्प धेरै भोट रहेको राज्यमा अगाडी

बुधबार, १९ कार्तिक २०७७

काठमाडौँ । अमेरिकी राष्ट्रपतिय चुनावको मत परिणाम आउने क्रम जारी छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन र वर्तमान राष्ट्रपति एबं रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर भैरहेको छ ।

अहिलेसम्म ४१ राज्यको मत परिणाम आइसकेको छ । जसमा बाइडनले २२५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१३ इलेक्टोरल भोट पाएका छन् । मतपरिणाम आउन बाँकी ९ नौ राज्यमध्ये ६ राज्यमा ट्रम्प र बाइडन ३ राज्यमा अगाडी रहेका छन् । ट्रम्प इलेक्टोरल भोट धेरै रहेको राज्यमा अगाडी रहेका छन् ।

ब्याटल ग्राउण्ड मानिएको क्यालिफोर्निया बाइडन र फ्लोरिडा ट्रम्पको पोल्टामा परेको छ । जहाँ क्रमश ५५, २९ इलेक्टोरल भोट छन् । एपी