माघ १,
काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रीमियर लीग क्रिकेटमा सन्दीप लामिछाने सिल्हेट सिक्सरमा छन् । पछिल्ला दुई खेलमा विकेट बिहीन भएपनि सन्दीप मंगलबारको खेलका लागि टीममा परेनन् ।
४ जनामात्र विदेश खेलाडी खेलाउन पाइने नियमअुसार सिक्सरले सन्दीपको स्थानमा वेष्टइण्जिका ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई समावेस गरेर टीमको ब्याटिंग लाइन बलियो बनाउने प्रयास गर्यो । तर, सिल्हेटमा जारी खेलमा विपक्षी टीम कोमिला भिक्टोरियन्सले टस जितेर सिक्सरलाई ब्याटिंगको निम्तो दियो ।
पहिलो ओभरमा कुनै रन बने भने दोस्रो ओभरमा एक चौका लागेपछि सिक्सरको विकेट पतन तासको पत्ता जस्तै भयो । उसका ६ विकेट त टीमको स्कोर १६ रन पुग्दै नै पतन भए । यसपछि पनि विकेट पतनको क्रम रोकिएन ।
टीमको स्कोर ४७ पुग्दा उसको ९ विकेट गइसकेको थियो । यसपति अन्तिम विकेटका लासग कपाली र अल अमिन हसेनले केही आकर्षक शर्ट खेले । टीम अलआउट हुँदा ६८ रनमात्र बन्यो । सिक्सरले १४ ओभर ५ बलमा सो स्कोर बनाएको हो ।
यसपछि ब्याटिंग शुरु गरेको भिक्टोरियन्सको पनि शुरुआत सुखद् भएन । पहिलो बल मै रन लिने चक्करमा मोनिमुल हक रनआउट भए भने अर्का ओपनर तमिम इकवाल शून्यमा टीमको स्कोर १० पुग्दा आउट भए ।
प्रतिक्रिया