चैत २९,
पाकिस्तान । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा भएको बम धमाकामा १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय प्रहरीका अनुसार, यो धमाका शुक्रबार बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा भएको हो ।
समाचार संस्था एपीपीले यो धमाका बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको जनाएको छ । धमाकापछि सुरक्षाबलले इलाकालाई चारैतर्फबाट घेरेको छ । बम डिस्पोजल टोलीलाई पनि घटनास्थलमा पठाइएको छ । बम धमाकामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार, हजारगञ्जमा हजारा सिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, धमाकामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुमा अधिकांश उनीहरु नै रहेका छन् । पाकिस्तानमा हजारा सिया समुदायलाई निशाना बनाएर पटक–पटक आक्रमण हुँदै आएको छ । -एजेन्सी
प्रतिक्रिया