बुटवल । प्रथम कञ्चन गाउँपालिका अध्यक्ष टि–२० क्रिकेट प्रतियोगिता काक्तिक २१ गतेदेखि हुने भएको छ । लाली गुराँस युवा क्लबकोे आयोजना धमिनातालको खेल मैदानमा प्रथम कञ्चन गाउँपालिका अध्यक्ष टि–२० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगदसहित शिल, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए । यस्तै द्वितीय हुनेले २५ हजार नगरसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष थापाले बताए ।
टिम दर्ताका शुल्क ३ हजार ५ रहेको क्लबका सचिव सुवास क्षेत्रीले बताए । खेलमा एल.बि.ड्बलू नियम लागू नहुने क्लबले जनाएको छ ।
प्रतिक्रिया