ताजा अपडेट »

‘ए मेरो हजुर–३’ र ‘यात्रा’ हलमा

शुक्रबार, २९ चैत्र २०७५

चैत २९,

काठमाडौं । यो शुक्रबार दुई नयाँ चलचित्र एक साथ हलमा लागेका छन् । जसमा ए मेरो हजुर–३ र यात्रा–द म्युजिकल भ्लग छन् । ए मेरो हजुर–३ झरना थापाको निर्देशनमा सुनीलकुमार थापाले निर्माण गरेका हुन् ।

सम्राट शाक्यको निर्देशन रहेको यात्रालाई केशव भट्टराई, सुशील पोखरेललगायतले निर्माण गरेका हुन् । भट्टराई चलचित्र विकास बोर्डका अध्यक्ष पनि हुन् । उनले एकसाथ नेपाली चलचित्र रिलिज गर्न रोक लगाउनुपर्नेमा आफ्नै चलचित्र अरुसँग जुधाएका छन् । झरना पुत्री सुहाना थापाले हिरोइनका रूपमा डेब्यु गरेको ए मेरो हजुर–३ मा अनमोल केसी, सलोन बस्नेत, अर्पण थापालगायत कलाकारले अभिनय गरेका छन् ।

ए मेरो हजुर–२ मा भने अभिनेत्री झरनाले निर्देशन गरेको दोस्रो चलचित्र हो । यसअघि उनले गत वर्ष ए मेरो हजुर–२ निर्देशन गरेकी थिइन् । यात्रामा भने सलिनमान बनियाँ, राजाराम पौडेल, सलोन बस्नेत, मलिका महत, रेअर राई, जाहान्वी बस्नेतलगायत कलाकारले अभिनय गरेका छन् । कलेजको असाइन्मेन्ट पूरा गर्न यात्रामा निस्किएका युवायुवतीको जीवनमा आएको परिवर्तनको विषय चलचित्रमा समावेश छ ।