ताजा अपडेट »

३ केजी ३ सय ग्राम सुन सहित ३ जना चिनियाँ पक्राउ

शुक्रबार, २९ चैत्र २०७५

चैत २९,

काठमाडौं । मलद्वारमा लुकाएर ल्याएको ३ केजी ३ सय ग्राम सुन सहित ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

दिउँसो चीनबाट काठमाडौं उत्रेको जहाजमार्फत आएका उनीहरुलाई बोर्डिङ पास गर्ने क्रममा प्रहरीले शंका गरेको थियो । बोर्डिङ पासका बेला जाँच्ने मेशिनले धातु भएको संकेत गरेको थियो । तर प्रहरीले उनीहरुको शरीर जाँच गर्दा कुनै पनि धातु पत्ता लगाउन सकेको थिएन ।

उनीहरुलाई फेरि अस्पताल लगेर जाँच गर्दा मलद्वारमा लुकाएको सो परिणामको सुन भेटिएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान हुँदै गरेको पनि प्रहरीले जनाएको छ । पछिल्ला दिनहरुमा नेपालमा अबैध सुन तस्करी हुने क्रम रोकिएको छैन । यसले सुरक्षा निकायलाई चुनौती दिएको छ ।