ताजा अपडेट »

वर्ष ७६ लाई पर्यटन प्रवद्र्धन वर्षका रुपमा मनाउने प्रतिवद्धता

विहीबार, २८ चैत्र २०७५


चैत २८,

ग्लोबल आवाज
बुटवल । नववर्ष २०७६ लाई पर्यटन प्रवद्र्धन वर्षका रुपमा मनाउने गरि कार्ययोजना वनाएर अगाडी बढनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीद्वारा विहिवार बुटवलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन समारोहमा वोल्ने पर्यटन व्यसायीहरुले प्रदेश पाँचका १२ जिल्लामा रहेका प्रर्यटकीय स्थानको पहिचान, संम्वद्र्धन र प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका हुन् ।


प्रदेश सरकारले पनि पर्यटन व्यवसायीलाई प्रदेशको पर्यटनको विकासका लागि सहकार्य गरि अगाडी बढनुपर्ने माग गरिएको छ । कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले प्रदेशका सवै जिल्लामा रहेका एैतिहासिक, पुरात्वतिक स्थलको पहिचान गरि तिनको प्रचार प्रसार र पर्यटकीय स्थलको प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।


होटल व्यवसायी महासंघका वर्तमान पदाधीकारीहरुले गरेको दादागिरीको अन्त्यका लागि अलग्गै महासंघ गठन गर्न परेपनि पछाडी नहटने चेतावनी समेत उनले दिए । होटल व्यवसायी महासंघका प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले मुलुकको संघिय संरचना अनुसार व्यवसायी संस्थालाई पनि सक्रिय बनाउने धारणा राखे ।

संघका अध्यक्ष समुन्द्र जिसीको सभापतित्वमा भएको कार्यक्रममा संघका सल्लाहकार देवि कुमार श्रेष्ठ, बावुराम श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतम, संघका द्ध्रितिय उपाध्यक्ष रोमकान्त पाण्डे ,महासचिव माधव कुमार खनाल , महिला सदस्य लक्ष्मी रिजाल , देवदह शाखा अध्यक्ष टंक पोखरेल लगाएतले व्यवसायीहरुको पेशा आगामी दिनमा थप प्रभावकारी बनाउन नयाँ वर्षले प्रेणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।